लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय, पाल्पा

तानसेन, पाल्पा

लुम्बिनी प्रदेश सरकारको अन्तरगत स्वास्थ्य मन्त्रालयको मातहतमा जिल्लाको कार्यक्रम संचालन गर्न स्वास्थ्य निर्देशनालयको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही कार्य गर्न स्वास्थ्य कार्यालय पाल्पाको गठन भएको हो । साविक देखी जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयको रुपमा स्थापना भएको नेपाल सरकार अन्तरगतको कार्यालयलाई संघीय संरचना अनुसार प्रदेश कार्यालयको रुपमा स्थापना गरीएको हो । साविकमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गर्ने कार्यक्रमहरुलाई संचालन निरन्तरता स्वरुप स्वास्थ्य कार्यक्रम खोप तथा परिवार नियोजना मातृशिसु कार्यक्रमको संचालन, महामारी रोग नियन्त्रण रोकथाम, स्वास्थ्य तथा सरसफाई र स्थानिय तहलाई आवश्यक सहयोगको लागि स्वास्थ्य कार्यालयहरुको प्रमुख जिम्मेवारी रहने गरी यस स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो ।