लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय, पाल्पा

तानसेन, पाल्पा

लुम्विनी प्रदेश को १२ जिल्लाहरुमध्ये पाल्पा एक पहाडी जिल्ला हो । विश्व मानचित्रमा यस जिल्ला २७ डि.३४ मिनेट, देखि २७ डि. २७ मि सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा अवस्थित छ । १३७३ वर्ग कि.मी. क्षेत्रफल भएको जिल्लाको पूर्व पश्चिम ७० कि.मी. र उत्तर दक्षिण सरदर २० कि.मी. भएकोले सानै रुपमा भए पनि झण्डै नेपाल जस्तै देखिन्छ । क्षेत्रफलको हिसावले यस जिल्लाले नेपालको कूल भू–भागको ०.९३ प्रतिशत भू–भाग ओगटेको छ । जिल्लाको पूर्वमा नवलपुर, पश्चिममा गुल्मी अर्घाखाँची उत्तरमा स्याङ्गजा गुल्मी र दक्षिणमा रुपन्देही र नवलपरासी रहेको छ । सरदर तापक्रम ८ डि.से. देखि २८ डि.से. सम्म हुनाले पाल्पा जिल्ला हावापानीको हिसावले वसोवासका निम्ति अत्यन्त उत्तम छ । सरदर वार्षिक वर्षा १९०३.२ मि.मी. हुन्छ । चुरे पहाडमा १८ प्रतिशत र महाभारत श्रृंखलामा ८२ प्रतिशत भू–भागले गर्दा जिल्लाको अधिकांश पहाडी भूवनोटको कारण विकट छ । रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तट वाहेक अन्य भाग कृषि उत्पादनका लागि कम उपयुक्त छ । तानसेन मुख्यालय भएको जिल्लाको जनसंख्या २४२, ४२३ छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेन नेपालको राजधानी काठमाडौ देखी २९५ की.मी.पश्क्षिम तर्फ, पश्क्षिम नेपालको व्यपारी केन्द्र बुटवल बाट ४० की.मी. उत्तर, नेपालको प्रयटन केन्द्र पोखरा बाट ११५ की.मी. दक्षिण र प्रदेश राजधानी राप्ति उपत्यका देउखुरी बाट १४० की.मी. पूर्वमा रहेको छ ।

विश्वमा परिचित पर्यटकीयस्थल पोखरा तथा धार्मिकस्थल लुम्विनीको विचमा अवस्थित पाल्पाको सदरमुकाम तानसेनको पर्यटकीय महत्वको कारणले गर्दा तानसेन नगरपालिका नमूना शहरको रुपमा मानिन्छ । यसै शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ जहाँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र अन्य प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेकोछ ।

  • कार्यालयको काम ,कर्तब्य र अधिकारः 

यस कार्यालयवाट स्वास्थ्य क्षेत्र संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको छ । जिल्ला भित्र हुने स्वास्थ्य सरोकारित विषयहरुमा यस कार्यालयले समन्वय,सहकार्य गर्दै आएको छ । संघीय शसर्तका कार्यक्रमहरु जस्तै परिवार नियोजन वालस्वास्थ्य तथा नियमित खोप कार्यक्रमको संचालन प्रदेश स्तरिय स्वास्थ्य कार्यक्रमहरुको संचालन र स्वास्थ्य सेवा विभाग एवं स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशवाट प्राप्त निर्देशन अनुसार स्वास्थ्य सम्वन्धी क्षेत्रका वहु आयामिक कार्यहरु यस कार्यालयले सम्पादन गर्दै आएकोछ । यस कार्यालयका महत्वपूर्ण उदेश्यहरु तथा कार्यहरु साथै कर्तव्य र अधिकारलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

  • स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमनमा सहयोग गर्ने ।
  • जिल्ला स्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन
  • स्वास्थ्यसेवा सम्वन्धी जिल्ला स्तरिय व्यवसायिक र पेसागत संघ संस्थाको नियमन र अनुगमन गर्ने
  • जिल्ला भित्र स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन
  • जिल्ला भित्र स्वास्थ्य क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन
  • खोप सेवा संचालनको तोकिएका खोप केन्द्रहरुवाट खोप सेवा संचालनका लागि भ्याक्सिन वितरण र कोल्डचेन ब्यवस्थानप
  • परिवार नियोजन सेवा अस्थाई साधन आपूर्ती तथा भण्डारण
  • परिवार नियोजन सेवा स्थाई बन्ध्याकरण शिविर संचालन
  • सुरक्षित मातृत्व सम्वन्धि कार्यक्रम संचालन र सेवा प्रदान एवं यसै संग सम्वन्धित कार्यक्रमहरुको अनुमगन नियमन गर्ने
  • वाल स्वास्थ्य तथा पोषण संग सम्वन्धित कार्यक्रम संचालन अनुगमन रेखदेख तथा नियमन
  • औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति तथा HIMS/LMIS तथा विभिन्न फारमहरुको आपूर्ती भण्डारण तथा वितरण
  • जिल्ला भित्र जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
  • स्वास्थ्य प्रदायक संस्था फर्म तथा नर्सिङ होमको अनुमगन नविकरण तथा नियमन गर्ने
  • स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापन
  • सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
  • खानेपानी परिक्षण तथा शुद्दिकरणका कार्यक्रम संचालन गर्ने ।
  • जनस्वास्थ्य सम्वन्धी जिल्ला भित्रका कार्यक्रम संचालनको लागि प्रदेश तथा निर्देशनालयहरुमा समन्वय गर्ने